२०८१ चैत्र १
९८५७६५०३३४, ९८५७६५००९३

जीवन विज्ञान प्रतिष्ठानको स्वजागरण कार्यक्रम मुस्ताङमा सम्पन्न

जाेमसाेम । जीवन विज्ञान प्रतिष्ठानद्वारा मुस्ताङमा ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्र मुस्ताङको आयोजना र जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा गुरु रमेश नेपालको प्रमुख आतिथ्यतामा स्वजागरण कार्यक्रम सम्पन्न भएको हो ।

घरपझोङ गाउँपालिका वडा नं. ४ स्थित आमासमुह भवनमा सम्पन्न उक्त कार्यक्रममा करिब दुई सय जना विद्यार्थी, कर्मचारी, शिक्षक, प्रहरी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

स्वजागरण कार्यक्रममा गुरु रमेश नेपालले मानव शरीरमा रहेका सूक्ष्म ऊर्जाका सातओटा केन्द्रको बारेमा चर्चा गर्दै मानिसहरूको पूर्ण स्वास्थ्यका लागि चक्रहरू सन्तुलित राख्नुपर्ने बताए । उनले ध्यानका माध्यमबाट आफूमा रहेका सम्भावना चिन्न सकिने बताउँदै मैले के गर्न सक्छु र म को हुँ भनेर चिन्न आवश्यक रहेको बताए । स्वजागरण कार्यक्रमपश्चात उनले मूस्ताङलाई योग साधनाको तपोभुमिका रुपमा ब्रान्डिङ गर्न सकिने बताए । नेपाल आफैमा तपोभुमि रहेको र त्यसमध्ये पनि मुस्ताङलाई योग साधना र ध्यानका लागी प्रचारप्रसार गर्न सके बिश्वब्यापी रूपमा पर्यटक भित्र्याउन सकिने दावि गरे । मुस्ताङलाई तपोभुमिको रूपमा चिनाउन नेपाल सरकार र स्थानीय सरकार समेत लागनु पर्ने बताए ।

यस्तै मूस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले गुरु रमेश नेपालले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ र उपल्लो मूस्ताङको भ्रमण गरेको जानकारी दिदै मूस्ताङलाई योगभुमिका रुपमा विकास गर्नतर्फ ध्यानाकर्षण भएको बताए । गुरु रमेश नेपालको मुस्ताङ भ्रमणको अवसर पारेर स्थानीय वासिन्दा, विद्यार्थी, सुरक्षाकर्मी, कर्मचारी, संचारकर्मी आदिलाई समावेश गरेर स्वजागरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

WhatsApp Image 2025-03-04 at 10.39.39_0c4b8087.jpg

कर्मचारी मिलन केन्द्र मुस्ताङका अध्यक्ष हेमलाल शर्माले स्वजागरणसम्बन्धी मुस्ताङमा हुने प्रत्येक कार्यक्रमहरुमा कर्मचारीहरुलाई आबद्ध गराउदै आएको बताए । उनले यसअघि पोखरामा फागुन ११ देखि १८ गतेसम्म सञ्चालन भएको स्वजागरण कार्यक्रममा सहभागी हुन दुईजना प्रशिक्षकहरु पठाएको बताउँदै सो प्रशिक्षकहरुबाट मुस्ताङका विद्यालयहरुमा स्वजागरण कार्यक्रमले प्रवेश पाउने उल्लेख गरे । उनले नेपाली नागरिकमा राष्ट्रियता जगाउन, विद्यालय तहका विद्यार्थीहरुमा नैतिकता र सदाचारिता विकास गर्नका लागी कार्यक्रम उपयोगी हुने बताए ।

स्वजागरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख अधिकारीसहित घरपझोङ गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मुस्ताङ, सशस्त्र प्रहरी बल मुस्ताङ, कर्मचारी मिलन केन्द्र मुस्ताङ, नेपाल पत्रकार महासंघ मुस्ताङ, रेडक्रस सोसाईटि मुस्ताङ लगायत संघसंस्थाबाट जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी तथा स्थानीय वासिन्दाको उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस्