
२०८१ फागुन २२ मुस्ताङ मुक्तिनाथ यातायात प्रालिले आज अपरान्ह ३ बजेदेखि मुक्तिनाथ जोमसोम काठमाडौं र काठमाडौंदेखि जोमसोम मुक्तिनाथसम्म ५ बजेदेखि एसी सुपर डिलक्स बस सञ्चालनमा ल्याएको छ ।
मुक्तिनाथमा कार्यक्रम गरी उद्घघाटन भएको पहिलो बसमा नेपाल पत्रकार महासंघ मुस्ताङका संस्थापक अध्यक्ष भिम बहादुर रसाइली पनि एसी बसमा जोमसोम काठमाडौंको पहिलो यात्री भएका छन् ।
बसमा यात्रुहरूलाई खादा पहिराई प्रवेश गराएका थिए बसमा यात्रुको लागि खानेपानी , वाईफाईको र मोबाईल चार्जिङको ब्यवस्था रहेको छ । प्रालिका अध्यक्ष बिनोद बिसीका अनुसार हाल सुबिधा सम्पन्न २ वटा एसी बसले सेवा दिनेछ ।
जोमसोम एयरपोर्ट समितिको काउण्टर ईन्चार्ज सुनदेबी रसाइलीको अनुसार सडकको स्तर उन्नति राम्रो हुदै गरेकोले मुस्ताङ बासी र यात्रुहरूको सुबिधालाई ध्यानमा राखी सुबिधा सम्पन्न गाडीहरू थप गर्दै लैजाने कुरा रसाइलीले बताईन् ।
मुस्ताङ प्राकृतिक सौन्द्वर्यताको खानी र पर्यटकीय क्षेत्र भएकोले पनि अबका दिनहरूमा यात्रुहरूको माग अनुसार यस समितिले सुबिधा भएका गाडीहरू सञ्चालनमा ल्याउने छ । किनभने यो हाम्रो समिति भनेको मुसणताङको पहिलो जेठो यातायात समिति हो ,समितिका कार्य कारिणी सदस्य दिपक लालचनले बताए ।
प्रतिक्रिया दिनुहोस्