२०८१ पुष १८
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङमा पहिलो पटक समानुपातिकमा गण्डकी प्रदेश सभा सदस्यमा दलित उम्मेदवारी

 

कार्तिक ११ मुस्ताङ । हिमालपारिको जिल्लामा बिगतदेखि आजसमम दलित समुदायहरुले धेरै पार्टीका उम्मेदवारीहरुलाई स्थानीय , प्रदेश र संघको जनप्रतिनिधिहरु बनाएका छन् । तर कुनैपनि पार्टीहरुले दलित समुदायहरुलाई कुनै स्थान दिएको देखिदैन भनेर चिन्तित भएका छन् मुस्ताङका दलित नेताहरु ।

हरेक निर्वाचनमा मुस्ताङका दलित समुदायहरुको भोट निर्णायक हुने गरेको छ तर पनि कुनैपनि ठुला पार्टी हुं भन्नेहरुले दलितलाई उपेक्षा गरेको देखिन्छ । कुनैपनि स्थानीय , प्रदेश र संघको निर्वाचनमा उम्मेदवारी नदिदा दलित नेताहरु बिचलित भएका छन् ।

नेकपा एमालेबाट बिद्रोह गरी अलग भएको नेकपा एकिकृत समाजवादी पाटीले मात्र नेकपा एकिकृत समाजवादी पाटी मुस्ताङका अध्यक्ष भिम बहादुर रसाइलीलाई उम्मेदवारी बनाएको छ । रसाइली गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका उनी बिगत २०४२ सालदेखि अनेरास्वबियु मुस्ताङ जिल्ला कमिटीमा सचिव पदमा रहेर काम गरेका थिए ।

हरेक काममा दखल राख्ने रसाइलीले पाटी , भातृ संगठन र बिद्यार्थी सगठनको काम मेहेनतका साथ गर्ने गर्थे । २०५१ सालको पाटी संगठित सदस्य लिएर पाटीको धेरै संगठनहरुमा रहेर लामो समयसम्म काम उनले गरे । जस्तोसुकै समस्या आए पनि पाटीलाई आफ्नो सम्पति सम्झने उनले धेरै त्याग गरेको कुरा बुझिएको छ ।


निडर सत्यतथ्यमा बिश्वास गर्ने स्वभाव भएका रसाइलीले पार्टीको कामलाई पहिलो प्राथमिकतामा राखेर कामगर्ने उनको स्वभाव थियो । जिल्ला छोडेर पृथ्वी नारायण बहुमुखी क्याम्पसमा अध्यनरत हुंदा पनि पार्टीको काममा निरन्तर लाग्ने गर्थे । तरपनि सदैव नेकपा एमालेबाट हेपाहमा रहनु परेको थियो । निश्वार्थ भएर पाटीको कामगर्ने उनी सच्चा ईमान्दार सिपाही भएर काम गरे ।

यतिखेर भने उनी मुस्ताङ जिल्लाका नेकपा एकिकृत समाजवादी पार्टीको अध्यक्ष भएर समानुपातिक उम्मेदवार गण्डकी प्रदेशबाट पहिलो पटक यस जिल्लामा उम्मेदवारी दिएका हुन् । निश्पक्ष निडर र समान हकको लागि अधिकारको खोजीको गर्न सधै प्रयासरत रहने काममा रसाइली जिम्मेवार ब्यक्तित्वमा आउने गर्छन् ।

जनताको चाहाना र आकांक्षा साथै हरेक समस्यालाई नजिकबाट बुझेका उनले लामो समयसम्म पत्रकारितामा आफुलाई समाहित गरेका थिए । समाजमा रहेका जनताहरुको आवाजलाई बुलन्ध गर्न चाहने उनको स्वभाव रहेको छ । त्यसैले राजनैतिकबाट मात्र पछाडि परेका सबै जातजातिहरुको काम गर्न सकिने रहेछ भनेर गण्डकी प्रदेशका समानुपातिक उम्मेदवार रसाइली भएका छन् ।

प्रतिक्रिया दिनुहोस्