२०८१ पुष १८
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङको स्वबियु निर्वाचनमा षडयन्त्रको खेलभित्र सत्यको जीत

 

सम्पूर्ण बिद्यार्थीहरुको हकहितको लागि काम गर्ने संस्था स्वबियुको निर्वाचन चौध बर्षको अन्तरालमा चैत्र ५ गतेबाट शुरु भएको छ । निर्वाचन हुदैगर्दा कतिपय क्याम्पसमा स्वबियु निर्वाचन स्थगित हुन पुगेको छ त्यहां पनि पुन निर्वाचन हुनेनै छ । नेपालभरी जे जस्तो अवस्था भएतापनि हिमालपारिको जिल्लामा भने शान्तिमय वातावरण भित्र अशान्ति तरीकाबाट निर्वाचन सम्पन्न हुनपुग्यो । षडयन्त्रकारीको टुसा पलाउंदै गरेको उक्त खेलभित्र आफ्नै प्यानलका बिद्यार्थीहरु र पार्टी पंक्तिका जिम्मेवार नेताहरुनै आफ्नैलाई हराउन लागे जसको कारण सोचेको जस्तो परिणाम आउन सकेन तर जित भने सत्यको हुनपुग्यो । स्थानीय निर्वाचनमा जे जस्तो खेल भएको थियो घरपझोङ र थासाङमा त्यस्तै खेल स्वबियु निर्वाचनमा हुनपुग्यो । मात्र फरक यो थियोकि त्यतिबेला गठवन्धनहरुबाट किनिएर लगिएको थियो भने स्वबियु निर्वाचनमा प्यानल आफै बेचिन तयार भए र आफ्नो छातिमाथि मुडा गुल्टाएर छाडे ।


मैले आजसम्म जीवनको कालखण्डमा बिभिन्न संघ , संस्था संगठन , र पार्टीको बिधिवत रुपमा दर्जनौं निर्वाचनमा अधिकृत भएर निर्वाचन सम्पन्न गराकोेछु अनि निर्वाचन कसरी गर्नुपर्छ सबै प्रकृया कनष्ठ छ । तर मुस्ताङको निर्वाचन भनेको पैसा , बोलवाला , जातिबाद र जुंङगाको लडाईमा हुँदो रहेछ यहां बिधि , थीति र नीतिको आवश्यकता पर्दैन यहांत प्रहरी प्रशासन समेतलाई आफ्नो नियन्त्रणमा राखेर काम गर्न तयार हुने यो जिल्लामा अझै मुर्दा शान्तिनै रहेछ । यतिखेर कतिलाई त यो निर्वाचनले पटक पटक स्वाद चखाएको छ हुनत जहां हामी रहेका हुन्छौ जित निश्चित हुने गरेको हुन्छ तरपनि धेरै बाठो हँुदा कौवाले के खान्छ भनेझै भयो भुईको टिप्दा पोल्ठाको पोखिदो रहेछ । सांचो अर्थमा भन्ने हो भने प्रहरी प्रशासन मुस्ताङका दलित , गरीब र दुखीको पछाडि छैनन् यो कुरा हेक्का राख्दा हुन्छ । स्वबियु निर्वाचनको दिन उनीहरुको चालचलन नमीठो थियो । स्वबियु निर्वाचन सम्पन्न गर्न शान्ति सुरक्षामा खटिएका जनपथ प्रहरीहरुबाट हस्तक्षेपकारी भूमिका निभाउदा जनयुद्ध हुनेबेलाको झल्को दिएको थियो । सुरक्षा निकायका ब्यक्तिहरु र प्रशासन क– कसको समुहको रहेछन् भन्ने कुरा नाकमै गन्ध आएको थियो भोलिका दिनहरुमा यस्तो नहोस् जनताको करबाट तलबभत्ता खाएकाहरुले कसैलाई काखापाखा नगरियोस् ।
काम गर्ने काजी खाने पाजी भनेझै कठोर दुख नेकपा एकिकृत समाजवादी पार्टी निकट अनेरास्वबियू जिल्ला अध्यक्ष र उनका परम मित्रहरुबाट स्वबियु निर्वाचनमा गठवन्धनको काम भएको थियो । यसमा पनि नजिकबाट निश्पक्ष आफ्नो गठवन्धन प्यानलले जित्नुपर्छ भनी ईमान्दार रुपबाट सहयोग गर्न लाग्ने भनेको गण्डकी प्रदेशका माननिय सांसद बिकल शेरचन मात्र हुन् । अरुत आफ्नो खुट्टामा बन्चरो हान्ने खालका थिए र प्रहार पनि गरे तर असफल भए । कुरा के रहेछ भने सरकारी जागिर खाएकाहरु उम्मेदवारी हुनुहुदैन भनी जिल्ला अस्पताल , जिल्ला प्रशासन र बारागुङ मुक्तिक्षेत्र गापाका कर्मचारीहरु गरी चार जनामा उम्मेदवारी नहुन निवेदन दर्ता हुंदासम्म गठवन्धन प्यानल ठिकै थियो । जब सभापति र एक सदस्य एमाले निकट अनेरास्वबियुलाई र बांकी पद नेबिसंघलाई भनी कौग्रेस र एमालेका पुराना खारिएका जिल्लाका शीर्ष नेताहरुको बिचबाट नेता तथा नेबिसंघ बिच सहमतिमा आन्तरिक चलखेल शुरुभयो । त्यसपछि दिलोज्यान दिएर प्यानललाई जिताउनु पर्छ भनी रातदिन खटिएको नेकपा एकिकृत समाजवादी पार्टी निकट अनेरास्वबियू र अखिल क्रान्तिकारीका सबै उम्मेदवारीहरुलाई हराउने खेल शुरुभयो ।


गठवन्धनकै प्यानलबाट आफ्नै प्यानललाई हराउने र थकाली सभापति उम्मेदवारलाई जातिवादको( आधारमा जिताउनुपर्छ भनी ताना बुने र थकाली जातिवादलाई जिताउन थुप्रो दलित बिद्यार्थीहरुनै लागिपरे । किनभने नेकपा एकिृत समाजवादी पार्टीका निकट अनेरास्वबियूबाट स्वबियु सभापति भएको कसैलाई चित्त बुझेको थिएन । हुनपनि गठवन्धनको सभापतिलाई २४ मत आउनु पर्नेमा पक्षलाई १८ मत र बिपक्षलाई १८ मत साथै १ मतलाई दुबै सभापतिलाई मतदान गर्न लगाएर मत बदर गराए । त्यसपछि एमाले र कांग्रेसको सेटिङ अनुसार मत गणनापछि दुबै सभापतिको बराबर मत परिणाम आएपछि गोलापालो गर्ने क्रमसम्म षडयन्त्रकारीहरुको मिसन सफल भयो । जब निर्वाचनमा खटिएका दोस्रो निर्वाचन कर्मचारीले गोलापालो गर्दाखेरी गठवन्धनतर्फको नेकपा एकिकृत समाजवादी पार्टी निकट अनेरास्वबियूले स्वबियु सभापति प्रत्यक्षमा जितेपछि सेटिङमा लागेकाहरुको सातो गयो अनि ओठमुख र तालु सुक्यो जित भने सत्यको भयो । त्यसपछि समानुपातिक निर्वाचनको नतिजा कस्तो आउछ भन्ने खुलदुली सबैमा हुनेनै भयो । आफ्ना र अर्काले गरेका घातक सेटिङको अर्को खेल मत गणना पछि थाहा लागिहाल्यो । नेबिसंघलाई ३० मत र एमाले निकट अनेरास्वबियुलाई ६ मत आउने गरी सेटिङको सहमति भएको कुरा थाहा लागिहाल्यो तर गठवन्धनको प्यानलमा स्वबियु सभापतिको जित भएसी सबै प्यानल गठवन्धनले जित्यो तर आउने दिनहरुमा सजक भने बनायो । धेरै कुरामा बुद्धी पुर्‍याएर बिश्वासको साथमा उम्मेदवारी आ– आफ्नो भएता पनि उप सभापति , सचिव , कोषध्यक्ष र २ सदस्य नेबिसंघलाई , सभापति , सह सचिव र ३ सदस्य नेकपा निकट एस अनेरास्वबियू लाई साथै १ सदस्य अखिल क्रान्तिकारी बिप्लवलाई दिने र निर्वाचनपछि आ– आफ्नो उम्मेदवार आफ्नै संघ संगठनको रहने र निर्वाचन अधिकृतले दिने प्रमाण्पत्रमा आफ्नै संघ संगठनको नाम रहनेगरी गठवनधनको समझदारीमा नेबिसंघ तर्फबाट संयुक्त समानुपातिक उम्मेदवारी दिनेगरी कागज लेख्ने र सहमति अनुसार कागज लेखीलेखाई भयो । यदि गठवन्धनमा रहेको अनेरास्वबियू एसबाट संयुक्त प्यानल समानुपातिकमा जाने भनेर गएको भए नेबिसंघ र नेकाले षडयन्त्रको खेल खेल्न पाउने थिएनन् । सबै कांग्रेसहरु नराम्रो भने होईनन् र छैनन् तर खेल जुनसुकै पार्टीको भएपनि थासाङबाटनै बिग्रने गर्दोरहेछ संकटको घडिमा सहयोग गरेकाहरुलार्ई चिन्न नेकाले नसक्दो रहेछ तर जित सत्यको भयो । मुस्ताङमा निकट भबिश्यमा गुरुङ , दलित , थकाली मात्र लेख्ने थकाली , मगर र अन्य समुदायहरुले एकक्षत्र शासन गर्ने दिन आउनेनै छ त्यो समय धेरै टाढा छैन ।


समानुपातिकतर्फको मतपेटीका खोलेर मत गन्न थालेपछि सेटीङमा भएका सल्लाह अनुसार नेबिसंघको नाममा ३० मत र एमाले निकट अनेरास्वबियुको नाममा ६ मत आयो । यो हिसाबले कुरात सबैले चाल पाएको हुनुपर्छ तर घात आफ्नै प्यानलबाट भयो यो घृणित खेलमा लागेकाहरुको ठुलो हार भयो । सरकारमा यतिखेर संगै भएको कारण संगै नेबिसंघसंग मिलेर स्वबियु निर्वाचन लड्ने तयारी भएको हो । नेकपा एमालेका जिल्ला अध्यक्षसंग आजभन्दा ३ महिना अगाडि मिलेर जानुपर्छ बिगत जे भएपनि अब हामी मिलेर जाऔं स्वबियू निर्वाचन पनि मिलेर लडौं भनेको थिए त्यतिबेला अध्यक्ष म्याग्दीको सिंह तातोपानीमा डुब्न गएका थिए भने एमालेका अरुसंग पनि बाक्लो छलफल गरेको थिए पत्याएनन् कुरा सुनेनन् । तेज निरला जनहित बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरु नेकपा एस निकट अनेरास्वबियूका धेरै छन् गठवन्धन गर्दा मिलाएर राखेको मात्र हो तर धोका दिनेले दिएपछि यो षडयन्त्र आफ्नै प्यानलबाट भयो । एमालेका अध्यक्षसंग मिलेर जानुपर्छ भनेर ब्यापक कुरानी भएको हो तर खेल यस्तो बिधिको षडयन्त्र गर्नु रहेछ र पो हाम्रो कुरा खाएनन् । पत्रकार महासंघको निर्वाचनदेखि अहिलेको स्थानीय , प्रदेश , संघ र स्वबियु निर्वाचनसम्म हार खांदा पनि अझै कोसंग क्षमता छ र क कसले के गर्न सक्छ भन्नेबारे हेक्का राख्नुपर्छ राखेनन् तर जित सत्यको भयो ।

प्रतिक्रिया दिनुहोस्