२०८१ पुष १२
९८५७६५०३३४, ९८५७६५००९३

गुणस्तरीय सडक बनाओस्

 

निर्माणमा लामो समय लिएको बेनी जोमसोम सडक मार्गले हालसम्म पनि सम्पन्न हुन सकिरहेको छैन यो आफैमा दुखत कुरा हो स्थानीय बासीहरुको लागि । सडकको औचित्य के हो भन्ने बिषयमा सरोकारवाला निकायहरुको जिम्मेवारी माथि बिश्वास नहुनाले आएको समस्या हो । किनभने यदि जनप्रतिनिधिदेखि सरोकारवाला निकाय र सरकार पक्षले कडाईकासाथ लागि परेको भए बेनी जोमसोम सडकले पूर्णता पाउने थियो । सरकार पक्षले चासो नलिनाले पनि बारम्बार आउने गरेको समस्या हो यसको समाधानको उपाय भनेको सबैले आ आफ्नो स्थानबाट मनमा लागेर काम गरेमा मात्र सडकले पुर्णता पाउने छ । यसमा सरकारपक्षका सडकसंग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयको पहिलो जिम्मेवारी हुने गर्छ तर हुन सकिरहेको छैन किन ।

बारम्बार अवरुद्ध र पहिरो जाने सडकमा कस्तो खालको डिपिआर गरेको हो के बेनी जोमसोमको सडकहरुमा रहेको समस्याको समधान निकाल्न सकिन्नर । कहिलेसम्म समस्यामा मुस्ताङी जनताहरु शास्ति झेलेर बस्नु पर्ने हो यसको बिषयमा जनआवाजको खांचो रहेको छ । बर्षेनी भत्कने सडकको बिस्तार कसरी गरेका छौ सरकारी धन कोदालीले खन भएको त छैन । सडक बिस्तारमा जनता , सरोकारवाला निकाय र कामगर्ने ठेक्दारहरुको बिचमा समन्वयकारी भूमिका नहुनाले पनि आउने गरेको समस्या हो । एक आपसमा डर र अनुशासन देखिदैन यो कुराको समस्या रहेको छ । बेनी जोमसोम सडक राष्ट्रिय योजना भएको कारण बजेटको कुनै समस्या छैन तर काममा ढिलासुस्ति भएको छ किन । कालोपत्रे गरेको सडक पनि गुणस्तरीय भएको नभएको मापन गर्ने निकाय छैन त्यसैले यस बिषयमा पनि सरोकारवाला निकायकोनै ध्यान जान जरुरी देखिन्छ ।

हिमालपारिको जिल्ला मुस्ताङमा पनि एक आपसमा समन्वयकारी भूमिका नहुंदा सडकको काम अलपत्र पर्ने गरेको छ । किनभने यहां बिकासको नाममा मनपरी तन्त्र चलाउनेको बथान भएको कारण आउने गरेको समस्या हो । जबसम्म यसको अन्त्य हुदैन सडकको मात्र होईन अन्य बिकासको काम पनि धरापमा पर्नेनै छ । जनताको आंखामा छारो हाल्ने तरीकाले कालोपत्रे गरेको मापन कसले गर्छ सडक बनाउने र अनुगमन गर्ने काम मिलोमतोमा हुने गर्छ अनि कसरी काम राम्रो हुने । नेताको ठाउंमा र जनताहरुको वरपरको सडक फरक छ त्यसैले आफनो घरको अगाडि सडक कालोपत्रे भयो भनेर मख्ख पर्ने होईन बरु मापदण्ड अनुसार बनेको छ छैन हेर्न जरुरी हुन्छ त्यसैले सडकको हरेक काम गुणस्तरीय बनोस् ।

प्रतिक्रिया दिनुहोस्