२०८१ मंसिर १८
९८५७६५०३३४, ९८५७६५००९३

पोखरामा बिएका परीक्षार्थीलाई ‘टुरिज्म’को सट्टा ‘भारतीय इतिहास’ सोधियो , त्रिविले गर्‍यो प्रश्नपत्र नै परिवर्तन

अजय नेपाली

पोखराः त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिए तेस्रो वर्षका विद्यार्थीलाई ‘टुरिज्म डेभलपमेन्ट अर्थात पर्यटन विकास’को प्रश्नपत्रमा सोधिएका प्रश्नहरु सबै भारतीय इतिहासको परेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत इलेक्टिभ पेपरको परीक्षामा विद्यार्थीहरुलाई पर्यटन विकासकै प्रश्न भनेर उल्लेख गरिएपनि सबै प्रश्न भने भारतीय राजनीति र इतिहासबारे १२ प्रश्न सोधिएको पाइएको छन् ।

पृथ्वीनारायण क्याम्पसमा परीक्षा केन्द्र रहेका विद्यार्थीले पाएको प्रश्नपत्रको माथिल्लो भागमा ‘इतिहास’ लेखिएको छ भने त्यसपछि ‘पर्यटन विकासको परिचय’ उल्लेख छ । प्रश्नपत्र हात परेपछि पढ्दै जाँदा विद्यार्थीहरुले अर्कै प्रश्नपत्र आएको भन्दै आवाज उठाएका छन् ।

उनीहरुले परीक्षा हलमा  यसबारे जानकारी गराएपछि विषयगत प्रश्नपत्र यी कुनै पनि प्रश्न पाठ्यक्रममा नरहेको र पढ्नु नपर्ने भन्दै विद्यार्थीले परीक्षा नदिने अडान लिएका थिए । त्यसपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अर्को प्रश्नपत्र पठाएपछि विद्यार्थीले परीक्षा दिएका छन् ।

त्रिविका सह–परीक्षा नियन्त्रक सुरेश जंग शाहीले भने पाठ्यक्रम भन्दा बाहिरको प्रश्न नसोधिएको दाबी गरे । इतिहासको दायरा फरक हुने र जहाँबाट पनि सोध्न सकिने तर्क गरे । उनले भने ‘स्लेबसबाहिरको होइन । हाम्रो विद्यार्थीलाई जे जे पढायो त्यो भन्दा बाहिर एक अंश पनि जानु हुँदैन । स्लेबसमा जे छ त्यही सोध्नुपर्ने समस्या छ ।’ विद्यार्थीले परीक्षा नै नदिने अडान लिएपछि अर्को प्रश्न पत्र पठाउनुपरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्