२०८१ माघ २
९८५७६५०३३४, ९८५७६५००९३

गापाबाट छैरो गाउँमा १० थान थ्रेसर मेशिन बितरण

 

२०८० साउन १५ मुस्ताङ । घरपझोङ गापा १ छैरो मुस्ताङ यतिखेर कृषि आधुनिकीकरण तर्फ अगाडि बढिरहेको छ । घरपझोङ गापाको आ ब ०७९/०८० को योजनाको ६ लाख रकमबाट १० थान खेतमानै लगेर उवा गहुं र जौ कुट्न मिल्ने सानो खालको थ्रेसर मेशिन कृषकहरूलाई बितरण भएको छ ।

वडा नं १ छैरोका वडाध्यक्ष आस बहादुर थकाली , गणतान्त्रिक छैरो गाउँ सुधार समितिका अधयक्ष दुरेन्द्र गौचन र नेकपा एकिकृत समाजवादी पार्टी अध्यक्ष तथा समाजजसेवी भिम बहादुर रसाइलीको पहलकदमी र नबिन सोच अनुसार थ्रेसर मेशिन गाउँमा भित्रिएको हो । घरपझोङ गापाको अधयक्ष र उपाध्यक्ष मोहनसिङ लाचन र जमुना थकालीको कृषिमा आधुनिकिकरण गर्ने सोचको कारण पनि यतिखेर गापामा बिकासको लहर फैलिएको छ ।


गापा भित्रका सबै जनताहरूलाई समान आँखाले हेर्ने गापा अध्यक्ष उपाध्यक्षले घरपझोङ गापाका ५ वडाहरूमा रहेका दलित र अपांकहरूको सबै परिवारलाई निशुल्क स्वास्थ्य बिमा गरि समाजवादी जनमुखी काम गरेका छन् यस्तो कार्य बिगतमा भएको थिएन । ओझेलमा परेका गाउँहरूको चौतर्फी बिकास हुनुपर्छ भनेर चिन्तन गर्ने अध्यक्ष उपाध्यक्षको कारण यतिखेर जनता हर्षित छन् ।

प्रतिक्रिया दिनुहोस्