२०८१ पुष ११
९८५७६५०३३४, ९८५७६५००९३

हट्यो S.E.E, अब बोर्डले १२ कक्षाको मात्रै परिक्षा गर्ने

प्रबिन पाण्डे

काठमाडौँ — संसदमा सरकारले दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव राखेको छ।

यसअघिनै एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भएता पनि उक्त परिक्षा राष्ट्रिय परीक्षा बोर्डले नै लिने गरेको थियो। अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) को परिक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइने सरकारले प्रस्ताव गरेको व्यवस्थामा उल्लेख गरिएको छ ।

उक्त प्रस्तावित विधेयकमा आधारभूत शिक्षा उत्तीर्ण (८ कक्षा) मात्रै स्थानीय तहबाट सञ्चालन हुने उल्लेख छ । ९, १० र ११ को परीक्षा भने विद्यालयले नै लिने प्रस्ताव विधेयकमा समेटिएको छ । आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको मूल विषयको प्रश्न पत्र सम्बन्धित शिक्षा कार्यालयले र ऐच्छिक विषयको प्रश्नपत्र स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रहेर निर्माण गर्नु पर्ने प्रस्ताव गरेको छ ।

साथसाथै संसद्‌मा दर्ता गरिएको शिक्षा ऐन संशोधन विधेयक अनुसार अब माध्यामिक तहमा अध्यापन गराउने शिक्षकले अनिवार्य र स्नातकोत्तर गरेको हुनुपर्ने छ । र शिक्षकको सरुवा पनि स्थानीय तह अन्तर्गतको एउटा विद्यालयबाट अर्को विद्यालयमा गर्न सकिने दर्ता गरिएको शिक्षा ऐन संशोधन विधेयकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्