२०८१ मंसिर ६
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङीलाई निकास सहित बिकासको खांचो

सधैभरी बिकासले जिस्काउने र नेताहरुले बोलेका कुराले सार्थकता नपाउने मुस्ताङ यतिखेर सरकारीदेखि गैरसरकारी कार्यालयको कर्मचारी तथा स्थानीय,प्रदेश र संघका जनप्रतिनिधिहरुको आवतजावत गर्ने थलो बनेको छ मुस्ताङ।मुस्ताङका सरकारी कर्मचारी र जनप्रतिनिधिहहरुलाई भ्याईनभ्याई छ जिल्ला बाहिरबाटआएका पाहुंनाहरुको सत्कार गर्न र अघिपछि भएर सेवा गर्न।हुनपनि हो यहां रहेका प्राकृतिक सौंन्दर्यता,कोरोला नाका,मठमन्दिर,ताल,तलैयाहरुले आगन्तुकहरुलाई लठ्ठै तुल्याईदिन्छ।यस्तो मनोरम दृष्य रहेको मुस्ताङ जिल्लाको आन्तरिक ब्यथा भने आफ्नै खाले पीडादायिक छ।गत कार्तिक १ गते सम्माननीय प्रधानमन्त्रीको आगमन भयो जिल्लाले पचास करोड पाउने भएको छ पक्कैपनि अन्य जिल्लामा उक्त बजेट नखर्चेर मुस्ताङको बिकासमा खर्च होला नहोला हेर्न बांकी नै छ। अर्को कुरा जिल्ला भित्र प्रवेश गर्ने पाहुंनाहरुको बोली सुन्दा त केकन होला जस्तो हुन्छ तर आजसम्म बोले अनुसारको बिकास भने हुन सकिरहेको छैन।मुस्ताङेहरुलाई नयां मान्छे आउनै नहुंने छिनभरमा बिश्वास गरी अघिपछि भएर लाइन नै लाग्छन् । बोले अनुसार गर्ने भए त गएको १६ बर्षमा नेपाललाई सिङगापुर बनाई सक्थेनी खोई त बिकास?सर्बहारा वर्गका नेताहरु देशको धेरै पटक प्रधानमन्त्री भए तर गरीव मुस्ताङे जनताहरुले के पाए खोक्राे भाषण मात्र शासन,आसन र रासन त अझै उनीहरुलाई नै पुगेको छैन ।
यतिखेर मुस्ताङ जिल्लाको बिकासका मुद्दाहरु भनेको पोखरा बेनी,बेनी जोमसोम र जोमसोम कोरोला नाकासम्मको सडकलाई स्तर उन्नती गरी बर्खा हिउँद ऋतुमा पनि निरन्तर गाडी चल्नसक्ने हुनुपर्छ। जिल्लामा अत्याधुनिक सबैखाले उपचार हुनसक्ने मुस्ताङ जिल्ला अस्पतालको स्तरउन्नती गरिनुपर्छ।गुणस्तरीय जनमुखी शिक्षाको ब्यवस्था हुनुपर्छ र जनताका छोराछोरीहरुले निशुल्क राम्रो शिक्षा लिन पाउनुपर्छ । चैले मुस्ताङ गेटदेखि घांसासम्म कालीगण्डकीमा तटवन्धन गरी गाउँबस्ति र उर्वर भूमि जोगाउनु पर्छ। जनताका छोराछोरीहरुले जिल्लामा नै रोजगार पाउने ब्यवस्था हुनुपर्छ साथै कृषि,पर्यटन र उद्योगहरुमा लगानी गरिनु पर्छ यी हुन मुस्ताङको जल्दोबल्दो समस्याहरु यस बिषयमा कसैले मुख खोलेको र काम गरेको देखिन्न त्यसैले मुस्ताङको बिकासले निकास दिने खालको हुनुपर्छ नत्र जुनजोगी आएपनि कानै चिरेको मात्र हो ।

प्रतिक्रिया दिनुहोस्