२०८१ माघ २३
९८५७६५०३३४, ९८५७६५००९३

अत्यधिक चिसोले काेरला नाका केही समयका लागि बन्द हुने

 

मंसिर १७,जाेमसाेम /जाडो बढे संगै कोरला नाका केही समयका लागि बन्द हुने भएको छ ।गत कार्तिक २७ बाट संचालनमा आएको नाकामा जाडो बढे संगै स्थानिय ब्यापारीहरुको सङख्यामा कमी आए पछि नाका बन्द गरिन लागेको जिल्ला भन्सार कार्यालय मुस्ताङका लेखापाल सोभाकान्त पौड्यालले जानकारी दिए ।
उपल्लो मुस्ताङ र चीनतर्फको क्षेत्रमा अत्यधिक चिसो र हिमपातको उच्च संम्भावना रहेको हुदा उक्त क्षेत्रका स्थानियहरु जाडो छल्न बेसी झर्ने क्रम बढदै गएकाले नाकामा आर्थिक गतिबिधीमा कमी आएको भन्दै नाका केही समयका लागि बन्द गर्न लागिएको लोकेघर दामोदरकुण्ड गाँउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट (राजु)ले बताए । नेपाल र चीनका स्थानिय अधिकारीको मौखिक सम्झदारीमा केही समयका लागि सिमा नाका बन्द गर्न लागिएको बिष्टको भनाई छ । अहिले उक्त क्षेत्रको तापमान माईनस १५ डिग्रीमा झरिसकेकाले नाका संचालनमा कठिनाई भएको स्थानियहरु बताउछन् ।

नाका संचालन भए संगै मंसिर ४ गतेबाट भन्सार कार्यालय जोमसोमबाट खटिएको भन्सार टोलिले करिब २ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको तर चिसो बढे संगै काम गर्न कठिनाई हुदा त्यहा खटिएका कर्मचारीहरु सदरमुकाम झरिसकेको जिल्ला भन्सार कार्यालय मुस्ताङका कार्यालय प्रमुख डालेश्वर अर्यालले जानकारी दिए। पछिल्लो समय चिसो बढे सगै मुस्ताङमा आउने आन्तरिक तथा बाह्रय पर्यटकहरुको सङख्यामा पनि कमी आएको स्थानिय होटल ब्यबसायीहरु बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस्