२०८१ माघ १
९८५७६५०३३४, ९८५७६५००९३

फागुनबाटै नयाँ शैक्षिक शत्रको माग गदै घरपझोङका अभिभावकले बुझाए ज्ञापन पत्र

 

मंसिर,२४ जाेमसाेम/हिमपात तथा चिसोले गर्दा पठनपाठनमा असर पर्ने भन्दै फागुन महिना बाट नै नयाँ शैक्षिक शत्रको सुरुवात गर्न माग गदै घरपझोङ गाँउ पालिकाका अभिभावकहरुले गाँउपालिका,जिल्ला प्रशासन कार्यालय ,शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङमा ज्ञापन पत्र बुझाएका छन् ।

४ पेज लामाे ज्ञापन पत्रमा  हिमाली जिल्ला मुस्ताङमा हिमपात तथा चिसोकै कारण विद्यार्थीहरुको शिक्षण सिकाइमा नकारात्मक प्रभाव परेको भन्दै अभिभावक विकास विक र रिक्साङ गुरुङले संयुक्त रुपमा गाँउपालिकाकी उपाध्यक्ष जमुना थापा थकाली र प्रशासकिय अधिकृत बेदहरि अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।उनीहरुले हिमाल ,पहाड र तराईका जिल्लाहरुलाई सरकारले एउँटै मापदण्डमा राखेर शैक्षिक सत्र निर्धारण गर्नु मुस्ताङ लगायत नेपालका १७ हिमाली जिल्लाहरुमा पढ्ने समग्र बालवालिकाहरुको शैक्षिक हितमा नभएको ठहर गर्दै घरपझोङ गाउँपालिकाका  ९ वटा सामुदायिक तथा संस्थागत विद्यालयका अभिभावकहरुले  त्यसको विरोधमा उत्रिएका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रशासकिय अधिकृत अधिकारीले संघिय सरकारको नितिको कारण मुस्ताङ तथा हिमाली जिल्लाहरुमा फागुन बाटै विद्यालयहरुमा नयाँ शैक्षिक शत्र संचालन गर्न चुनौतीपूर्ण भएको र गाँउ पालिकाका बाट त्यसको लागि पहल भैईरहेको बताए । फागुन बाट नयाँ शैक्षिक शत्र सञ्चालन गर्ने विषयमा पालिकाका सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिहरुसँग चरणबद्ध रुपमा छलफल चलाइरहेको जानकारी दिँदै उनले  भने विद्यालय सञ्चालन गर्ने विषयमा शिक्षा मन्त्रालयले बनाएको विद्यालय सञ्चालन सम्बन्धी कार्ययोजना अनुसार अगाडि बढ्नु पर्ने बाध्यता रहेको बताए ।

सरकारले अघिल्लो बर्षको माघ ६ गते मन्त्रीस्तरीय निर्णयबाट शिक्षा नियमावली, २०५९, (संशोधनसहित) को नियम ८४ (१) बमोजिम वैशाख १ गतेदेखि नयाँ शैक्षिक शत्र लागु गर्ने निर्णय गरेको थियोे । मुस्ताङमा यस भन्दा अगाडी जाडोका कारण हरेक वर्ष पुस र माघ गरी दुई महिना सम्पूर्ण विद्यालय बन्द हुने र फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने गर्दथौ ।जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यलय, शिक्षा शाखा (घरपझोङ गाँउपालिका) र शिक्षा विकास तथा समन्वय इकाइ, लाई बोधार्थ सहित ज्ञापनपत्र बुझाएको अभिभावक टेक बहादुर बिकले बताए । ज्ञापनपत्र बुझाउन घरपझोङ गाँउपालिकाका सय भन्दा बढी अभिभावक हरु सम्बन्धित कार्यालयमा पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्