मुस्ताङ/ यस वर्षको माध्यमिक शिक्षा एस.इ.ईमा मुस्ताङ जिल्लाबाट १ सय ८८ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका प्रमुख रामेश्वर लामिछानेका अनुसार जिल्लाका ५ वटा स्थानीय तहमा रेहेका विभिन्न ११ वटा विद्यालयहरुबाट १ सय ८८ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुँदै छन् । साधारणतर्फ १ सय ३७ जना, र प्राविधिकतर्फ ५१ जना रहेका छन् । जसमा छात्र १ सय ५ जना र छात्रातर्फ ८३ जना छन् ।
परीक्षामा सम्मिलित बिद्यालयहरूमा घरपझोङ गापाबाट तीन , थासाङ गापाबाट चार , वारागुङ गापाबाट दुई र लोमान्थाङ गापाबाट दुई वटा बिद्यालयहरु एसइई परीक्षामा सहभागी हुदैँछन् ।
परीक्षामा घरपझोङ गाउँपालिकाको श्री जनहित मा.वि.लाई केन्द्र तोकिएको छ । घरपझोङ गाउँपालिकाको जनहित मा.वि.बाट छात्र २२ र छात्रा २१ गरि ४३ जना, जनवाल मा.वि.बाट छात्र ५ र छात्रा ३ गरी ८ जना, धौलागिरी आवासीय माबिबाट छात्र १६ र छात्रा १३ गरी २९ जनाले परीक्षा दिँदै छन् ।
यस्तै थासाङ गाउँपालिकाको जनआदर्श अमरसिहं मा.वि.बाट छात्र २३ र छात्रा ११ गरी ३४ जना, ज्ञानोदय मा.वि.बाट छात्र १२ र छात्रा ९ गरि २१ जना , योगेन्द्र मा.वि.बाट छात्र ३ र छात्रा ७ गरि १० जनाले , वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको जनशान्ति मा.वि.बाट छात्र २ र छात्रा ४ गरि ६ जनाले , जन नर्मल मा.विबाट छात्रा २ जनाले र लोमान्थाङ गाउँपालिकाको दिव्य दीप मा.वि.बाट छात्र ३ र छात्रा ८ गरि ११ जनाले , पाल एवं नाम्ग्याल गुम्बाबाट छात्र १ र छात्रा २ गरि ३ जनाले परीक्षा दिन लागेका हुन् ।
यस वर्षको परीक्षा यही चैत १५ गतेदेखि सुरु भई २७ गते सम्पन्न हुँदै छ। यस वर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको छ । ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने छ ।
३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुन: मौका परीक्षामा सहभागी हुनु पर्ने भनिएको छ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्