सम्पादक- भिम बहादुर रसाइली
हिमालपारिको जिल्ला मुस्ताङका जन समुदायहरु कहिलेसम्म समस्याको भुमरीमा रहने हो । यहां कुनै कुराको पनि थिति देखिन्न हरेक कुराको सहज रुपमा ब्यवस्थापन नहुने हो भने जिल्ला बासीहरुले सदैब दुख पाउने कुरामा दुईमत नहोला । बिकासले पछि परेको यो जिल्ला बजेट जति आएपनि बालुवामा पानी हालेसरह हुनेृ ठाउँमा ठालु बर्गहरुको हालीमुहाली रहेको देखिन्छ । यसको अन्त्य कहिले हुने हो कति बर्ष कुर्न पर्ने हो यस बिषयमा खोजीकार्य हुन जरुरी छ । भने पलपलमा हरेक क्षेत्रमा स्थानीय त्रसीत भएर रहन पर्ने यो जिल्ला आफैमा अभागी मान्नु पर्छ ।
बर्षातको समयमा बेनी जोमसोमको सडक तहस नहस भएर मुस्ताङ बासीहरुले समस्या झेल्नु पर्दा त्रसीत हुनु पर्ने । हिउदको समयमा सुख्खा पहिरो हावाहुरीको कारण सदैब त्रसित भएर बस्नु पर्ने । सडक बनाउने नाममा जताततै बाटो खराब छ कतै दुर्घटणा हुन्छकी भनी त्रसीत हुनु पर्ने । अस्पताल छ राम्रो स्वास्थ्य उपचार पाउन नसक्दा मोटो रकम खर्चेर जिल्ला बाहिर जानु पर्ने होकी भनी त्रसीत हुनु पर्ने । समयमा जहाज आउंदैन आएपनि सर्बसाधरणले टिकट पाउदैनन् बिबिध समस्या आउछकी भनी त्रसीत हुनु पर्ने । गुणस्तरीय शिक्षा र स्वास्थ्यको खोजीमा सधै अल्मलिनु पर्ने त्रसीत मुस्ताङ बासी ।
राजनीतिमा सर्बसाधरणको पहुंच हुदैन मतदाताको हैसियतमा चित्त बुझाउनु पर्दा निर्वाचनको बेलामा जनता त्रसीत हुनु पर्ने । बिकासको मुल फुटाउनलाई आएको बजेटमा भ्रष्टचार हुंदा त्यहां पनि त्रसीत हुनु पर्ने । शिक्षाको ठुल्लठुला कुरा गरिन्छ तर बाह्र कक्षा पास गरेपछि उच्च शिक्षा हांसील गर्न छोराछोरी जिल्ला बाहिरिदा अभिभावक त्रसीत हुनु पर्ने । जिल्लामा एम्बुलेन्स र शब बहान छैन उपचार गराउन त्रसीत हुनु पर्ने किन । निर्वाचनको बेलामा राजनैतिक पार्टी र उम्मेदवारहरुले पैसाको खोलो बगाएर मत किन्ने पैसा बांडदा यिनीहरु त्रसीत हुन नपर्ने आखिर किन यसको अन्त्य कहिलसम्म ।
प्रतिक्रिया दिनुहोस्