२०८१ मंसिर ६
९८५७६५०३३४, ९८५७६५००९३

उल्टो पैदल यात्री परियारको मुक्तिनाथ यात्रा

जोमसोम–रातो टोपी,रातै गलबन्दी,कालो चश्मा ,एकजोर चप्पल र दौरा सुरुवालको पहिरनमा युनिक देखेन्थे दाङ तुल्सीपुर उपमहानगर पालिका वडा–३ रानागाउँका ४५ वर्षीय ऋषि परियार ।परिवारले कालो झोला बोकेका छन् त्यसको पछाडी अभियानको नाम उल्लेख गरिएको स्टिकर टाँगिएको छ । झोलाको साथमा उनीसंग नेपालको राष्ट्रिय झन्डा पनि साथमा छ ।
पर्यटन प्रर्वद्धनका लागि बुटवलदेखि हिमालपारिको जिल्ला मुस्ताङसम्मको यात्रा गर्ने क्रममा शनिबार साँझ जोमसोम आईपुगे ।साँच्चै उनी जोमसोम आईपुग्दा उल्टो पैदलयात्रा गर्दै थिए ।
पर्यटन प्रर्वद्धनका लागि उल्टो पदयात्रा अभियानमा लागेका उल्टो पैदलयात्री ऋषि परियारलाई मुस्ताङबासीले गाउँगाउँबाट भव्य स्वागत र सम्मान गरे ।एक चर्चित सेलिब्रेटी जस्तै उल्टो पदयात्रामा निस्किएका परियारलाई स्थानीय खाँदा र अविर लगाईदिएर सम्मान प्रकट गरे ।मुस्ताङको घाँसामा जब परियार छिरे तब मुस्ताङी जनताको अगाध माया ,स्नेह र सम्मान पाउँन थाले । परियारलाई देखेर कतिपय सेल्फी खिचे भने कतिपयले परियारसंग बसेर फोटो खिच्च लालयित देखिन्थे ।बाटोमा देख्ने सबैले उल्टो पदयात्रामा रहेका परियारलाई खानेकुरा दिन्थे भने कतिपयले आर्थिक सहयोग पनि गथ्र्ये ।उल्टो पदयात्राका क्रममा जनताबाट यस्तै यस्तै माया पाईरहे ,जसले परियारको पदयात्रालाई झन् आत्मविश्वाश र उर्जा प्रदान गराईदिन्थ्यो । परियार सबैको सम्मान र माया पाउँदा मख्ख देखेन्थे ।
स्वास्थ्यका लागि मेची महाकाली उल्टो पैदलयात्रा ६२ दिनमा पुरा गरेका ऋषि परियारले दोश्रो पटक भने पर्यटन प्रर्वद्धनको लागि उल्टो पैदलयात्रा अभियान सुरु गरेका हुन् । जेठ ३ गते बुटवलको मेची पुलबाट यात्रा आरम्भ गरेका परियारले पाल्पा ,कास्की हुँदै हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म उल्टो पैदलयात्रा गर्ने क्रममा २१ औं दिनमा जोमसोम आईपुगेका हुन् ।उनले २३औं दिनको सोमबार मुक्तिनाथ पुगेर पर्यटन प्रर्वद्धनका लागि उल्टो पैदलयात्रा अभियान समापन गर्ने जनाएका छन् ।
यसअघि उनले स्वास्थ्यका लागि उल्टो पैदलयात्रा अभियान माघ १५ गते झापाको काँकडभित्ताबाट सुरु गरेका थिए । उनले सो उल्टो पैदलयात्रा कञ्चनपुरको महेन्द्रनगर हुँदै नेपाल भारत सीमानाको ७ नं. सीमास्तम्भमा पुगेर अन्त्य गरेका थिए ।
सामान्य परिवारमा जन्मिएका ऋषि परियारको आमा,बुवा र ३ बहिनीसहित ६ जनाको परिवार छ । माध्यमिक शिक्ष परीक्षा एसएलसी मात्र उर्तिण गरी ईलेक्ट्रोनिक पेशामा लागेका परियारलाई राष्ट्रियता र देशको सेवा गर्ने भावले ओतप्रोत बनाईदियो । त्यसपछि परियार आफ्नो पेशागत काम थाँती राखेर सामाजिक अभियानमा लाग्न पुगे । राष्ट्रियता र सामाजिक कार्यमा उल्टो पैदलयात्रानै किन भनी सोध्दा परियार भन्नुहुन्छ,‘ स्वास्थ्य र पर्यटन प्रर्वद्धनको २ वटा अभियान सुरु गरे,सहज तरिकाले गर्दा कुनै प्रमोसन नहुँने र उल्टो पैदलयात्रा गर्दा सबैको नजर पर्ने भएकाले अभियानलाई उल्टो पैदलयात्राको रुपमा अघि बढाएको हुँ ।’

तराईको समथर भुभागमा जन्मिएका परियार पहाड र हिमाल छिचोल्दै उल्टो पैदलयात्रा तय गदै मुस्ताङ आउँदा केही अप्ठ्यारो र चुनौतीहरु झेल्न पुगे ।उनी जहाँ जहा पुग्छन् त्यस जिल्लाका सुरक्षाकर्मीले उनको सुरक्षामा साथ दिएको परियार बताउँछन् ।मेरो अभियान सामान्य र सरल लागेपनि उल्टो पैदलयात्रा गर्नु निकै चुनौतीपूर्ण भएको दावी गरे ।उल्टो पैदलयात्रामा निस्किएका परियार बिहान ८ बजेदेखि उल्टो पैदलयात्रा गरेर साँझ ६ बजे कुदिरहन्छ । यात्रा गर्ने क्रममा सुभेच्छुकले सम्मान गर्दा,कुराकानी गर्दा,खानेकुरा खाने समय बाहेक उनको यात्रा उल्टो पैदलयात्रामै हुने गर्छ ।उल्टो पदयात्रा गर्ने क्रमाम पोशाक र आन्तरिक व्यवस्थापनबाहेक यात्राको क्रममा खासै खर्च नभएको बताए ।उनले यात्रा क्रममा ठाउँ ठाउँबाट अपार माया र स्नेह पाए ।यात्रा क्रममा कहिकतै खाना बस्नको दुःख नभएको उनले उल्लेख गरे ।
स्वास्थ्यका लागि उल्टो पैदलयात्रा र पर्यटन प्रर्वद्धनका लागि उल्टो पैदलयात्रा सकिएपछि अर्को कुनै अभियान छकी भनी सोधिएको प्रश्नमा परियारले भने,‘ आफुले सुरु गरेको उल्टो पैदलयात्रालाई देश विदेशमासम्म पू¥याउने लक्ष्य रहेको बताए ।उल्टो पैदलयात्रा गरी पहिलो पटक मुस्ताङ आएका परियारले मुस्ताङ आउन पाउँदा साँच्चिकै स्वर्गमा आएका अनुभुती भएको दर्शाए ।
‘यसअघि मुस्ताङको नाम मात्र सुनेको यहाँ आउन पाएको थिएन ,यहाँको फरक प्राकृतिक भूगोल,हावापानी र यहाका मानिसको सद्भाव र सुभेच्छयाले गौरान्वित भए,परियारले भने ।’

साभारः समाधान न्युज

प्रतिक्रिया दिनुहोस्