२०८१ माघ २
९८५७६५०३३४, ९८५७६५००९३

मिस मुस्ताङको ताज मार्फातिर

 

खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गरेको मिस मुस्ताङ २०७९ मा गण्डकी प्रदेश मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिका वडा नं. २ मार्फा गाउँकी खुस्वु ज्वारचनले मिस मुस्ताङ अवार्ड जित्न सफल भएकी छिन् ।

मिलिजुली युवा क्लव मार्फाबाट मुस्ताङ सुन्दरी प्रतियोगीतामा ज्वारचनले भाग लिएकी हुन् । उनले पहिलो राउन्ड पार गर्दै फिनालेमा प्रवेश गरेकि थिइन् । उनलाई पूर्व मिस मुस्ताङ मेलीना थकालीले ताज पहिराई बधाई दिएकी दिइन् ।

खुस्वु ज्वारचन

पृथ्वी नारायण बहुमुखी क्याम्पस पोखरामा बि.बि.एस प्रथम बर्षमा अध्यनरत ज्वाचरनले ताज हात पार्न सफल भईन । उनको भनाई अनुसार सानैदेखि मोडेलिङमा रुचि रहेको र मुस्ताङ आउनु अघि उनी मिस म्याग्दी २०२० मा समेत दोस्रो स्थान रनरअप भएकी रहेछिन् ।

खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङ तथा सरोकार निकायहरुले सहयोग गरेमा मुस्ताङलाई मोडेलिङ क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन चाहन्छिन् । प्रकृतिको धनी जिल्ला मुस्ताङलाई ज्वारचनले अन्तराष्ट्रियसम्म प्रचार प्रसार गरी जिल्लाको नाम उच्च राख्ने कुरा उनको धोको रहेकोछ ।

यस्तै, मिस मुस्ताङ प्रतियोगिताको फस्ट रनरअफ भेन जनहित क्लब जोमसोमकी सपना राई भएकिछिन् त्यसैगरि सेकेन्ड रनरअफ र मिस ट्यालेन्टको उपाधि भने सिक्ससोल्टिज युवा क्लब घाँसाकी निशा मगरले हात पार्न सफल भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्