२०८१ माघ १०
९८५७६५०३३४, ९८५७६५००९३

मुस्ताङमा जहाजबाट आएका पर्यटकलाई स्वागत गरी विश्व पर्यटन दिवस मनाए (भिडियो सहित)

 

असोज ११ जोमसोम एयरपोर्ट मुस्ताङ । सेप्टेम्बर २७ अर्थात असोज ११ गतेका दिन ४३औँ विश्व पर्यटन दिवस मुस्ताङमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । कोभिड–१९ महामारीले सिथिल बनेको मुलुकको पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

‘रि थिङ टुरिज्म’ भन्ने नाराका साथ कोभिड पछिको पर्यटनलाई प्रभावकारी बनाउने उद्देश्यले पोखरा जोमसोम हवाई मार्ग हुँदै मुस्ताङ आइपुगेका । विदेशी पर्यटकलाई जोमसोम विमानस्थलमा ढाका टोपी, पछ्यौरा, खाँदा र फुल उपहार दिएर भव्य स्वागत गरिएको थियो ।

विदेशी पर्यटकलाई स्वागत गर्न प्रजिअ नेत्रप्रसाद शर्मा, जिसस प्रमुख माया गुरुङ, घरपझोङ गापाका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली उपस्थित थिए । त्यसैगरी सुरक्षा निकाय , सरकारी गैर सरकारी कार्यालयका प्रमुख, एक्याप, पुथाङ महिला समूह र स्थानीय पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

गापाका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङका पर्यटन व्यवसायीले अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने बताए । प्रकृतिको धनी जिल्लालाई विश्व बजारमा प्रवद्र्धन गर्न हामी सबैको दायित्व रहेको लालचनले उल्लेख गरे ।

घरपझोङ गापाको उपाध्यक्ष जमुना थकालीका अनुसार कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय गर्नु पर्नेमा जोड दिईन । भने सबैसंग हातेमालो गरी अगाडि बढेमा पर्यटन उद्योलाई माथि उठाउन सकिने थकालीको भनाई रहेको थियो ।

भिडियाे हेर्न तल थिच्नुहाेलाः

 

प्रतिक्रिया दिनुहोस्